काठमाण्डौ । नेपाली बजारमा मंगलबार सुनको भाउ ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ३ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ३ हजार ३०० रुपैयाँ कायम भएको छ।

हिजो सोमबार सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ४ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख ३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको भाउ भने आज पनि स्थिर रहँदै तोलाको १ हजार २९५ रुपैयाँ कायम भएको छ। हिजो पनि भाउ स्थिर रहँदै चाँदी १ हजार २९५ रुपैयाँमै कारोबार भएको थियो।