काठमाण्डौ । लगातार तेस्रो दिन सुनको भाउमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार पनि सुनको भाउ घटेको हो। आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको छ। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ८ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख ७ हजार ५०० रुपैयाँ कायम भएको छ।
हिजो सोमबार पनि सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ९ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार ३५५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ३६० रुपैयाँमा किनबेच भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19