काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ८ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ८ हजार १०० रुपैयाँ कायम भएको छ।
गत शुक्रबार सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेर १ हजार ४१० रुपैयाँ कायम भएको छ। गत शुक्रबार पनि चाँदी तोलमा २५ रुपैयाँले १ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19