काठमाण्डौ । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ उकालो लागेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला फाइन गोल्डको भाउ ४०० रुपैयाँ तेजाबी गोल्डको भाउ ३५० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १० हजार २०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार ६५० रुपैयाँ कायम भएको छ। 

हिजो प्रतितोला फाइन गोल्ड ५०० रुपैयाँ र तेजाबी गोल्ड ५५० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ९ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। 

आज पनि चाँदीको भाउ पनि स्थिर रहँदै तोलाको १ हजार ४४५ रुपैयाँ कायम भएको छ। हिजो पनि भाउ स्थिर रहँदै तोलको १ हजार ४४५ रुपैयाँमा किनबेच भएको थियो।