काठमाण्डौ । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको भाउ ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला फाइन गोल्डमा ९०० रुपैयाँ र तेजाबी गोल्डमा ८५० रुपैयाँले घटेको हो। योसँगै प्रतितितोला फाइन गोल्ड १ लाख ९ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ८ हजार ८०० रुपैयाँ कायम भएको छ।
गत शुक्रबार प्रतितोला फाइन गोल्ड १ लाख १० हजार २०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो। यो दिन सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको थियो।
आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार ४४० रुपैयाँ कायम भएको छ। गत शुक्रबार भाउ स्थिर रहँदै चाँदी १ हजार ४४५ रुपैयाँमा किनबचे भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19