काठमाण्डौ । नेपाल बजारमा शुक्रबार सुनको भाउ स्थिर रहेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउमा कुनै फेरबदल नभएको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १० हजार ५५० रुपैयाँ कायम भएको छ। 

हिजो सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार १०० रुपैयाँ र तोजबी गोल्ड १ लाख १० हजार ५५० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर १ हजार ४५० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ३५ रुपैयाँले बढेर चाँदी १ हजार ४६० रुपैयाँमा कारोबार भएको थियो।