काठमाण्डौ । नेपाली बजारमा सुनको भाउ लगातार घटिरहेको छ। आज मंगलबार पनि सुनको भाउ ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार ३०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ६ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ६ हजार १०० रुपैयाँ कायम भएको छ।
हिजो पनि सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ७ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
पछिल्लो पछिल्ला ७ कारोबार दिनदेखि सुनको भाउ ओरालो लागिरहेको छ। गत असोज ८ गते प्रतितोला फाइन गोल्डको १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी गोल्डको १ लाख ११ हजार ६५० रुपैयाँ थियो।
यो ७ दिनको अवधिमा सुनको भाउ तोलामै ५ हजार ६०० रुपैयाँले घटिसकेको छ।
आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेर १ हजार ३१० रुपैयाँमा झरेको छ। हिजो पनि तोलामा २० रुपैयाँले घटेर चाँदी १ हजार ३४० रुपैयाँमा किनबेच भएको थियो।
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago