काठमाण्डौ । नेपाली बजारमा बिहीबार पहेंलो धातु सनको भाउ स्थिर रहेको छ  ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बुधबार प्रतितोला  १ लाख १६ हजार ५००रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य यो दिन पनि सोही मूल्यमा कारोबार भइरहेको छ । यसैगरी तेजावी सुन प्रतितोला १ लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको  छ । 

यो दिन चाँदीको भाउ भने अघिल्लो दिनको तुलनामा घटेको छ ।चाँदीको भाउ अघिल्लो दिनको तुलनामा १० रुपैयाँले घटेको हो।  यो दिन चाँदी प्रतितोला १ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ । 
मूल्य बढ्ने संकेत  
मंसिर महिनामा विवाह तथा अन्य शुभ साइतहरु धेरै  हुने गर्दछ । त्यसैले अरुभन्दा यो महिनामा  सुनको माग धेरै हुन्छ ।जसले गर्दा मंसिर लागेसँगै सुनको भाउ निरन्तर बढिरहेको छ । कात्तिक सकिए यता सुनको भाउ तोलामा ३ हजार रूपैयाँले बृद्धि भैसकेको छ ।