काठमाण्डौ । नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य शुक्रबार पनि बढेको छ ।

यो दिन सुनको भाउ अघिल्लो दिनको तुलनामा २०० रुपैयाँँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । 

बिहीबार प्रतितोला १ लाख १८ हजार ६०० रुपैयाँमा सुनको कारोबार भएको थियो ।

यसैगरी, यो दिन तेजावी सुनको मूल्य  प्रतितोला १ लाख १८ हजार २५० रुपैयाँ कायम रहेको छ । त्यस्तै यो दिन चाँदीको मूल्य भने स्थिर छ । चाँदीको मूल्य यो दिन प्रतितोला १ हजार ४६० रुपैयाँ कायम छ ।
यो दिन अन्तरराष्ट्रिय बजारमा पनि सुनको भाउ बढेको छ । अन्तरराष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस २ हजार ३१ डलरमा कारोबार भइरहेको छ ।