काठमाण्डौ । नेपाली बजारमा पहेंलो धातु सुनको भाउ बिहीबार स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन पनि अघिल्लो दिनको मूल्यमा नै सुनको कारोबार भइरहेको छ ।  यो दिन अघिल्लो दिनको मूल्य अर्थात् १ लाख १९ हजार रुपैयाँमा छापावाला सुनको कारोबार भइरहेको छ । 

यसैगरी, यो दिन तेजावी सुन तोलामा १ लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै  यो दिन चाँदीको मूल्य भने १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १ हजार ४८० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, अन्तरराष्ट्रिय बजारमा सुनको भाउ बढेको छ । यो दिन सुनको भाउ प्रतिऔंस २ हजार ३७ डलरमा कारोबार भइरहेको छ ।