काठमाण्डौ । नेपाली बजारमा पहेंलो धातु सुनको भाउ फेरि कीर्तिमानी उचाइमा पुगेको छ।
घरेलु बजारमा बिहीबार सुन तोलामा १ हजार ३०० रुपैयाँले बढेर मूल्यमा नयाँ रेकर्ड कायम भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार बिहीबार छापावाला सुनको भाउ प्रतितोला १ लाख २२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यो रकम हालसम्मकै उच्च मूल्य हो।
यसअघि मंसिर १७ गते सुनको भाउले रेकर्ड कायम गरेको थियो । उक्त दिन सुनको भाउ प्रतितोला १ लाख २० हजार ८०० रुपैयाँ पुगेको थियो ।
यसैगरी, यो दिन तेजावी सुनको भाउ तोलामा १ लाख २१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै यो दिन चाँदिको भाउ प्रतितोला १ हजार ४९० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै यो दिन अन्तरराष्ट्रिय बजारमा पनि सुनको भाउ बढेको छ । यो दिन सुनको भाउ प्रतिऔंस २ हजार ८६ डलरमा कारोबार भइरहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19