काठमाण्डौ । नेपाली बजारमा मंगलबार पहेंलो धातु सुनको भाउ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन छापावाला सुनको भाउ प्रतितोला १ लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार भने सुनको भाउ प्रतितोला १ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, यो दिन तेजावी सुनको भाउ भने प्रतितोला १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । 

त्यस्तै यो दिन चाँदीको भाउ भने स्थिर छ ।आज चाँदी तोलामा १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै आज अन्तरराष्ट्रिय बजारमा सुनको भाउ ०.०९ प्रतिशतले बढेको छ ।

यो दिन अन्तरराष्ट्रिय बजारमा सुनको भाउ बढेर प्रतिऔंस २ हजार ३२ डलरमा कारोबार भइरहेको छ ।