काठमाण्डौ । यो साता चौथो कारोबार दिन बुधबार सुनको भाउमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजोको तुलनामा सुनको भाउमा तोलामा २०० रुपैयाँले गिरावट आएको छ। यो गिरावटसँगै प्रतितोला छापावाल सुन ७५ हजार ७०० र तेजाबी सुन ७५ हजार ४०० रुपैयाँ कायम भएको छ।
हिजो मंगलबार पनि सुनको भाउ तोलामा १०० रुपैयाँले घटेर प्रतितोला छापावाल सुन ७५ हजार ९०० र तेजाबी सुन ७५ हजार ६०० रुपैयाँ कायम भएको थियो।
आज माघ महिनाको अन्तिम दिन पनि हो। यो हिसाबले माघ महिनाभरि सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको छ। गत माघ १ गते प्रतितोला छापावाल सुन ७४ हजार ७०० र तेजाबी सुन ७४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
उता चाँदीको भाउ गत तीन दिन स्थिर रहेर बुधबार तोलामा ५ रुपैयाँको गिरावट आएको छ। यो गिरावटसँगै चाँदी प्रतितोला ८७५ रुपैयाँ कायम भएको छ। चाँदीमा भने यो महिनाभरि तोलामा १० रुपैयाँमात्र गिरावट आएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19