काठमाण्डौ । दिनदिनै उचाइ चुमिरहेको सुनको भाउ पनि बिहीबार ह्वात्तै घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ तोलामा ८०० रुपैयाँको गिरावट आएको छ। यो गिरावटसँगै सुन प्रतितोला छापावाल ८१ हजार ५०० रुपैयाँ र तेजाबी ८१ हजार २०० रुपैयाँ कायम भएको छ।
सुनको भाउमा हिजो बुधबार पनि तोलामा ४०० रुपैयाँको गिरावट आएको थियो। हिजो सुनको भाउ प्रतितोला छापावाल ८२ हजार ३०० रुपैयाँ तेजाबी ८२ हजार रुपैयाँ कायम भएको थियो।
सुनको भाउ मंगलबार भने तोलामा २०० रुपैयाँ बढेर प्रतितोला छापावाल सुन ८२ हजार ७०० रुपैयाँ र तेजाबी ८२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। यो भाउ नेपाली बजारमा हालसम्मकै उच्च हो।
कोरोना भाइरसले विश्वबजारमा अन्य उद्योगधन्दामा मन्दी छाएसँगै सुरक्षित कारोबारका लागि सुनमा लगानी बढ्न थालेपछि यसको भाउमा उछाल आउन थालेको थियो। लगातार बढिरहेको सुनको भाउमा एक–दुई दिन गिरावट देखिए पनि फेरि बढ्न सक्ने विश्लेषकहरु बताउँछन् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19