काठमाण्डौ । यो साता कारोबारको चौथो दिन बुधबार सुनको भाउमा ठीक एक महिनाअघि अवस्थामा पुगेको छ।
लगातार घटिरहेको सुनको भाउ बुधबार तोलामा एकैदिन १ हजार रुपैयाँको बढ्दै प्रतितोला छापावाल सुन ७६ हजार ५०० रुपैयाँ र तेजाबी सुन ७६ हजार २०० रुपैयाँ कायम भएको छ। गत फागुन ५ गते पनि सुनको भाउ यति नै थियो।
त्यसो त सुनको भाउ फागुन २७ गते नेपालकै इतिहासमा सर्वाधिक उचाइमा पुगेको थियो। यो प्रतितोला छापावाल सुन ८२ हजार ७०० रुपैयाँ र तेजाबी सुन ८२ हजार ४०० रुपैयाँ कायम भएको थियो।
त्यसपछि सुनको भाउमा लगातार गिरावट आउन थालेको हो। यो ७ दिनको अवधिमा सुनको भाउमा तोलामा ६ हजार २०० रुपैयाँको गिरावट आइसकेको छ।
बुधबार चाँदीको भाउ भने स्थिर रहँदै प्रतितोला ७१० रुपैयाँ नै कायम भएको छ। हिजो मंगलबार चाँदीको भाउ तोलामै ८० रुपैयाँ गिरावट आउँदै ७१० रुपैयाँ कायम भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19