काठमाण्डौ। नेपाली बजारमा यो साता कारोबारको पहिलो दिन आइतबार सुनको भाउ तोलामा एकैदिन १ हजार रुपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ हजार रुपैयाँ बढेर प्रतितोला छापावाल सुन ७६ हजार ५०० रुपैयाँ र तेजाबी सुन ७६ हजार २०० रुपैयाँ कायम भएको छ।
गत साता अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ तोलामा ५०० रुपैयाँ बढेर प्रतितोला छापावाल सुन ७५ हजार ५०० रुपैयाँ र तेजाबी सुन ७५ हजार २०० रुपैयाँ कायम भएको थियो।
गत साता निकै सुनको भाउमा निकै उतारचढाव आएको थियो। गत साता सुनको भाउ तोलामै ३ हजार रुपैयाँको गिरावट आएको थियो।
यसैगरी चाँदीको भाउ पनि आइतबार तोलामा २० रुपैयाँ बढेको छ। यो बढाइसँगै चाँदी प्रतितोला ७२० रुपैयाँ पुगेको छ।
गत शुक्रबार चाँदीको भाउ ७०० रुपैयाँ प्रतितोला कायम भएको थियो। शुक्रबार पनि चाँदीको भाउमा २० रुपैयाँको बढोत्तरी भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19