काठमाण्डौ । नेपाली बजारमा सुनको भाउ तोलाको ९० हजार रुपैयाँ नाघेको छ। यो नेपालकै इतिहासमा पहिलोपटक सुनको भाउ तोलाको ९० हजार रुपैयाँ नाघेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो साता कारोबारको पहिलो दिन सुन तोलामा ७०० रुपैयाँ बढ्दै प्रतितोला छापावाल सुन ९० हजार ६०० रुपैयाँ र तेजाबी सुन ९० हजार १६० रुपैयाँ कायम भएको छ। यो हालसम्मकै उच्च भाउ हो।
गत साता कारोबारको अन्तिम दिन शुक्रबार सुनको भाउ प्रतितोला छापावाल ८९ हजार ९०० रुपैयाँ र तेजाबी सुन ८९ हजार ४६५ रुपैयाँमा कारोबार भएको थियो। यो दिन पनि सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको थियो।
उता चाँदीको भाउ पनि आज आइतबार तोलामा १० रुपैयाँ बढेको छ। यो बढोत्तरीसँगै चाँदी प्रतितोला ९४० रुपैयाँ कायम भएको छ।
गत शुक्रबार चाँदी प्रतितोला ९३० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय सुनको भाउमा उछालको अवस्था देखिएको छ। कोरोनाभाइरस महामारीका कारण विश्व अर्थतन्त्र अधोगतिमा गएपछि लगानीकर्ताहरुले ‘लगानीको स्वर्ग’ मानिएको पहेँलो धातुमा सुरक्षित लगानी गर्ने क्रम बढेपछि भाउमा उछाल आएको हो।
विश्लेषकहरु सुनको भाउमा अचाक्ली बढोत्तरी हुनुले विश्व अर्थतन्त्र कहालीलाग्दो मन्दीतर्फ धकेलिएको संकेतका रुपमा बुझ्ने गर्छन्। विश्व बजारको त्यही प्रभाव नेपालको सुनचाँदी बजारमा समेत परेको हो।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago