काठमाण्डौ । यो साता कारोबारको तेस्रो दिन मंगलबार सुनको भाउ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा १०० रुपैयाँ घट्दै प्रतितोला फाइन गोल्ड ९२ हजार २०० रुपैयाँ र तोलामा १०५ घट्दै तेजाबी गोल्ड ९१ हजार ७६० रुपैयाँ कायम भएको हो। 

हिजो सोमबार तोलामा २०० बढ्दै प्रतितोला फाइन गोल्ड ९२ हजार ३०० रुपैयाँ र तोलामा २०५ रुपैयाँ बढ्दै तेजाबी गोल्ड ९१ हजार ८६५ रुपैयाँ कायम भएको थियो। 

गत आइतबार भने सुनको भाउ १०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९२ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ६६० रुपैयाँमा कारोबार भएको थियो। 

गत साता बिहीबार भने सुनको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। यो दिन तोलामै ९०० रुपैयाँ बढ्दै प्रतितोला फाइन गोल्ड ९२ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो। 

आज मंगलबार चाँदीको भाउ भने तोलामा ५ रुपैयाँ बढ्दै ९९५ रुपैयाँ पुगेको छ। हिजो चाँदी प्रतितोला ९९० रुपैयाँमा कारोबार भएको थियो।