काठमाण्डौ । यो साता कारोबारको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको भाउमा वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ तोलामा ३०० रुपैयाँ बढेको हो। यो बढोत्तरीसँगै प्रतितोला फाइन गोल्ड ९२ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ६५ रुपैयाँको उचाइमा पुगेको छ।
गत साता कारोबारको अन्तिम दिन सुनको भाउ तोलामै ५०० रुपैयाँ घटेको थियो। उक्त दिन प्रतितोला फाइन गोल्ड ९२ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ७६० रुपैयाँ कायम भएको थियो।
अघिल्लो दिन बुधबार सुनको भाउ नेपालकै इतिहासमा सर्वाधिक उचाइमा पुगेको थियो। यो दिन तोलामा ६०० रुपैयाँ बढ्दै प्रतितोला फाइन गोल्ड ९२ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ३६० रुपैयाँ कायम भएको थियो।
आज चाँदीको भाउ पनि १० रुपैयाँ बढेको छ। यो बढाइसँगै चाँदी प्रतितोला १ हजार ५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी प्रतितोला ९९५ रुपैयाँमा कारोबार भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19