काठमाण्डौ । नेपाली बजारमा बुधबार सुनको भाउ फेरि रेकर्ड ब्रेक गर्दै हालसम्म उच्च विन्दुमा पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो साता कारोबारको चौथो दिन बुधबार सुनको भाउ तोलामै १ हजार ३०० रुपैयाँ बढ्दै नेपालकै इतिहासमा सर्वाधिक उचाइमा पुगेको हो। यो बढोत्तरीसँगै बुधबार प्रतितोला फाइन गोल्ड ९४ हजार रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ५६० रुपैयाँ कायम भएको छ।
यसअघि गत साता बुधबार सुनको भाउ नेपालकै इतिहासमा सर्वाधिक उचाइमा पुगेको थियो। उक्त दिन तोलामा ६०० रुपैयाँ बढ्दै प्रतितोला फाइन गोल्ड ९२ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ३६० रुपैयाँ कायम भएको थियो।
हिजो पनि तोलामा ४०० रुपैयाँ बढ्दै प्रतितोला फाइन गोल्ड ९२ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार २६० रुपैयाँमा कारोबार भएको थियो।
कोरोना संकटबीच अहिले विश्व बजारमा सुनको भाउ बढ्दै गइरहेको छ। त्यसको प्रत्यक्ष असर नेपाली बजारमा पनि परेको अर्थविद्हरु बताउँछन्।
कोरोना संकटका कारण अन्य व्यापारव्यवसाय खस्किएको बेला लगानीकर्ताहरुले सुनमा पैसा खन्याइरहेका छन्। जसका कारण सुनको माग बढ्नुका साथै भाउ पनि बढ्दै गएको हो। अन्तर्राष्ट्रियस्तरमा सुनलगायत बहुमूल्य धातुमा गरिने लगानी सुरक्षित मानिन्छ।
यसैगरी चाँदीको भाउ पनि बुधबार हालसम्मकै उच्च विन्दुमा पुगेको छ। बुधबार एकैदिन तोलामा ९५ रुपैयाँ बढ्दै प्रतितोला १ हजार १३५ रुपैयाँ कायम भएको छ।
हिजो चाँदीको भाउ तोलामा ४० रुपैयाँ बढ्दै १ हजार ४० रुपैयाँमा कारोबार भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19