काठमाण्डौ । लगातार दुई सातासम्म उछाल आएको सुनको भाउ यो साता कारोबारको पहिलो दिन आइतबार घटेको छ।
लगातार रेकर्ड ब्रेक गरिरहेको सुनको भाउ आज तोलामै ९०० रुपैयाँले घटेको हो। यो गिरावट आज प्रतितोला फाइन गोल्ड १ लाख २ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख २ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
गत साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ नेपालकै इतिहासमा हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ३ हजार ५०० रुपैयाँ तेजाबी गोल्ड १ लाख ३ हजार रुपैयाँ कायम भएको थियो। यो दिन सुनको भाउ तोलामै १ हजार रुपैयाँले बढेको थियो।
सुनको भाउ गत साताभरि तोलामा ४ हजार २०० रुपैयाँको बढोत्तरी भएको थियो। अघिल्लो साताभरि पनि सुनको भाउ तोलामै ३ हजार ५०० रुपैयाँको उछाल आएको थियो।
आज चाँदीको भाउ भने हालसम्म उच्च विन्दुमा पुगेको छ। आज तोलामा ५ रुपैयाँ बढ्दै प्रतितोला १ हजार ४१० रुपैयाँ कायम भएको हो।
गत शुक्रबार तोलामै ६० रुपैयाँ बढ्दै चाँदीको भाउ १ हजार ४०५ रुपैयाँ कायम भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19