काठमाण्डौ । यो साता कारोबारको अन्तिम दिन शुक्रबार सुनको भाउ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको हो। यो गिरावटसँगै आज प्रतितोला फाइन गोल्ड ९६ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार रुपैयाँ कायम भएको छ।
हिजो बिहीबार सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको थियो। हिजो प्रतितोला फाइन गोल्ड ९६ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार ३०० रुपैयाँ पुगेको छ।
समग्रमा यो साताभरि सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको छ।
यसैगरी चाँदीको भाउ पनि आज १५ रुपैयाँले घट्दै १ हजार ३१० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँ बढ्दै प्रतितोला चाँदी १ हजार ३२५ रुपैयाँ कायम भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19