काठमाण्डौ । नेपाली बजारमा सुनको भाउमा आज बिहीबार पनि गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको छ। यो गिरावटसँगै आज प्रतितोला फाइन गोल्ड ९३ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ४०० रुपैयाँ कायम भएको छ।
हिजो बुधबार पनि सुनको भाउ तोलामै ८०० रुपैयाँले घटेको थियो। हिजो प्रतितोला फाइन गोल्ड ८४ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ६०० रुपैयाँ कायम भएको थियो।
गत मंगलबार सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको थियो। हिजो प्रतितोला फाइन गोल्ड ९४ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
सोमबार सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको थियो। यो गिरावटसँगै हिजो फाइन गोल्ड प्रतितोला ९४ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
गत आइतबार भने सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो। योसँगै आइतबार प्रतितोला फाइन गोल्ड ९४ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार रुपैयाँमा कारोबार भएको थियो।
आज बिहीबार चाँदीको भाउ भन ५ रुपैयाँले बढेको छ। यो बढोत्तरीसँगै आज प्रतितोला चाँदी १ हजार १८० रुपैयाँ कायम भएका छ।
हिजो बुधबार चाँदीको भाउ तोलामै २५ रुपैयाँ घटेको थियो। हिजो प्रतितोला चाँदी १ हजार १७५ रुपैयाँ कायम भएको थियो।
कोरोना महामारीबीच अन्तर्राष्ट्रिय बजार लगानीका अन्य क्षेत्रहरु धमाधम खुल्न थालेपछि सुनमा लगानी घट्न थालेको छ। योसँगै मागमा कमी आउँदा सुनको भाउ पनि घट्दै गएको विश्लेषकहरु बताउँछन्।
यसअघि कोरोनाले अन्य क्षेत्र प्रभावित हुँदा लगानीकर्ताहरुले सुरक्षित लगानीका रुपमा सुनमा पैसा खन्याएका थिए। जसका कारण सुनको भाउ आकासिएको थियो। त्यसको प्रत्यक्ष असर नेपाली बजारमा पनि परेको छ ।
नेपाली बजारमा सुनको भाउ तोलाकै १ लाख ३ हजार रुपैयाँ बढीको उचाइमा पुगेको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19