काठमाण्डौ । सुनको भाउ आज बिहीबार पनि उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै आज प्रतितोला फाइन गोल्ड ९५ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९५ हजार रुपैयाँ कायम भएको छ।
सुनको भाउ हिजो बुधबार पनि तोलामा ८०० रुपैयाँले बढेको थियो। यो बढोत्तरीसँगै प्रतितोला फाइन गोल्ड ९५ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९५ हजार रुपैयाँमा कारोबार भएको थियो।
सुनको भाउ सोमबार र मंगलबार स्थिर रहेको थियो। यी दुवै दिन प्रतितोला फाइन गोल्ड ९४ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
साताको पहिलो दिन आइतबार भने सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको थियो। सो दिन प्रतितोला फाइन गोल्ड ९४ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ भने ओरालो लागेको छ। तोलामा १० रुपैयाँले घट्दै चाँदीको भाउ १ हजार २३० रुपैयाँ कायम भएको छ।
हिजो चाँदीको भाउ तोलामा ३० रुपैयाँले बढेर १ हजार २४० रुपैयाँ कायम भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19