काठमाण्डौ । उकालो लाग्न थालेको सुनको भाउ यो साता कारोबारको पहिलो दिन नै घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो। यो गिरावटसँगै आज प्रतितोला फाइन गोल्ड ९२ हजार ७०० रुपैयाँ तेजाबी गोल्ड ९२ हजार २५० रुपैयाँ कायम भएको छ।
गत साता अन्तिम कारोबार दिन सुनको भाउ तोलामा ३०० रुपैयाँले उकालो लागेको थियो। उक्त दिन प्रतितोला फाइन गोल्ड ९२ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ४५० रुपैयाँ कायम भएको थियो।
गत साताभरि सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँ बढेको थियो।
यसैगरी चाँदीको भाउ आज स्थिर रहँदै १ हजार २१० रुपैयाँ नै कायम भएको छ। गत शुक्रबार तोलामा ५ रुपैयाँ बढेर चाँदीको भाउ १ हजार २१० रुपैयाँ कायम भएको थियो।
गता साताभरि चाँदीको भाउ तोलामा ४५ रुपैयाँले उकालो लागेको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19