काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सोमबार पनि सुनको भाउ ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको हो। यो गिरावटसँगै आज प्रतितोला फाइन गोल्ड ९२ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार १५० रुपैयाँ कायम भएको छ।
हिजो आइतबार पनि सुनको भाउ तोलामा २०० रुपैयाँले ओरालो लागेको थियो। योसँगै हिजो प्रतितोला फायन गोल्ड ९२ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार २५० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ तोलामा ५ रुपैयाँ घटेको छ। योसँगै आज प्रतितोला चाँदी १ हजार २१० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार २१० रुपैयाँमा कारोबार भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19