काठमाण्डौ । सुनको भाउ आज बिहीबार पनि ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलामा ९०० रुपैयाँले गिरावट आएको हो। योसँगै आज प्रतितोला फाइन गोल्ड ७२ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ५० रुपैयाँ कायम भएको छ।
हिजो बुधबार पनि सुनको भाउ तोलामै ७०० रुपैयाँ घटेको थियो। हिजो प्रतितोला फाइन गोल्ड ९३ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो।
गत मंगलबार तोलामै १ हजार ५०० रुपैयाँ बढेको सुनको भाउ सोमबार भने १०० रुपैयाँले घटेको थियोे । गत आइतबार पनि सुनको भाउ तोलामा २०० रुपैयाँ घटेको थियो।
आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले गिरावट आएको छ। योसँग आज चाँदी प्रतितोला १ हजार २०० रुपैयाँ कायम भएको छ। हिजो बुधबार पनि चाँदीको भाउ तोलाम २० रुपैयाँ घटेर १ हजार २१५ रुपैयाँमा कारोबार भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19