काठमाण्डौ । यो साता लगातार दुई दिन घटेको सुनको भाउ आज बुधबार भने उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको हो। यो वृद्धिसँगै आज प्रतितोला फाइन गोल्ड ९३ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ६५० रुपैयाँ कायम भएको छ।
सुनको भाउ हिजो मंगलबार तोलमा १०० रुपैयाँ घटेको थियो। यो गिरावटसँगै हिजो प्रतितोला फाइन गोल्ड ९२ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ८५० रुपैयाँमा झरेको थियो।
अस्ति सोमबार पनि तोलामा १०० रुपैयाँ घट्दै प्रतितोला फाइन गोल्ड ९२ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो। साताको पहिलो दिन आइतबार सुनको भाउ स्थिर रहँदै प्रतितोला फाइन गोल्ड ९२ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।
लगातार ४ दिनसम्म स्थिर रहेको चाँदीको भाउ आज तोलामै ३० रुपैयाँले बढेको छ। योसँगै आज चाँदी तोलको १ हजार २३० रुपैयाँ कायम भएको छ।
गत शुक्रबारदेखि चाँदीको भाउ लगातार स्थिर रहँदै तोलाको १ हजार २०० रुपैयाँमा कारोबार भइरहेको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19