काठमाण्डौ । साताको अन्तिम दिन शुक्रबार पनि सुनको भाउ थोरै बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको हो। योसँगै आज प्रतितोला फाइन गोल्ड ९४ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ७०० रुपैयाँ कायम भएको छ।
लगातार दुई दिन घटेको सुनको हिजो बिहीबार तोलामा १०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९४ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ६०० रुपैयाँ कायम भएको थियो।
बुधबार सुनको भाउ तोलामै ९०० रुपैयाँ घटेको थियो। योसँगै हिजो प्रतितोला फाइन गोल्ड ९४ हजार रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको छ।
गत मंगलबार सुनको भाउ तोलामा ३०० रुपैयाँ घटेको थियो भने सोमबार तोलामा ९०० रुपैयाँ उकालो लागेको थियो। आइतबार भने सुनको भाउ स्थिर रहेको थियो।
यो साताभरि सुनको भाउ पनि तोलामा १०० रुपैयाँले मात्र सस्तिएको छ। गत साता शुक्रबार प्रतितोला फाइन गोल्ड ९४ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ भने स्थिर रहँदै १ हजार २८० रुपैयाँमा कायम भएको छ। हिजो चाँदीको भाउ १५ रुपैयाँले बढेर १ हजार २८० रुपैयाँ कायम भएको थियो।
बुधबार तोलामा एकै दिन ५० रुपैयाँ घटेको चाँदीको भाउ मंगलबार पनि तोलामा ५ रुपैयाँ घटेको थियो। गत सोमबार ४० रुपैयाँले बढेको चाँदीको भाउ आइतबार भने स्थिर रहेको थियो।
गत साताको तुलनामा यो साता पनि चाँदीको भाउ स्थिर बनेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19