काठमाण्डौ । साताको पाँचौँ कारोबार दिन बिहीबार सुनको भाउमा थोरै गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ १०० रुपैयाँले सस्तो भएको हो। योसँगै आज प्रतितोला फाइन गोल्ड ९४ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ६०० रुपैयाँ कायम भएको छ।
हिजो बुधबार सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको थियो। हिजो प्रतितोला फाइन गोल्ड ९४ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
गत मंगलबार ८०० रुपैयाँ घटेको सुनको भाउ सोमबार भने ७०० रुपैयाँले उकालो लागेको थियो। आइतबार भने सुनको भाउ स्थिर रहेको थियो।
आज बिहीबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेको छ। योसँगै आज चाँदी तोलाको १ हजार ३०० रुपैयाँ कायम भएको छ।
हिजो बुधबार चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको थियो। यो दिन चाँदी तोलाको १ हजार ३०५ रुपैयाँमा कारोबार भएको थियो।
गत मंगलबार १५ रुपैयाँ बढेको चाँदीको भाउ सोमबार भने ३५ रुपैयाँ बढेको थियो। चाँदीको भाउ आइतबार स्थिर रहेको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19