काठमाण्डौ । साताको चौथो दिन बुधबार सुनको भाउ फेरि ओरालो लागेको छ।
यो साता लगातार दुई दिन घटेर हिजो मंगलबार बढेको सुनको भाउ आज पुनः तोलामा ७०० रुपैयाँ घटेको हो। योसँग आज प्रतितोला फाइन गोल्ड ९२ हजार १०० रुपैयाँ तेजाबी गोल्ड ९१ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो सुनको भाउ तोलामा ४०० रुपैयाँ बढेको थियो। हिजो प्रतितोला फाइन गोल्ड ९२ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
साताको पहिलो दिन आइतबार ३०० रुपैयाँले घटेको सुनको भाउ सोमबार पनि २०० रुपैयाँले ओरालो लागेको थियो।
आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ घटेर १ हजार २५० रुपैयाँ कायम भएको छ। हिजो मंगलबार पनि सुनको भाउ तोलामा ५ रुपैयाँ घटेर १ हजार २५५ रुपैयाँ कायम भएको थियो। साताको पहिलो र दोस्रो दिन भाउ स्थिर रहँदै तोलाको १ हजार २६० रुपैयाँमा कारोबार भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19