काठमाण्डौ । साताको पहिलो दिन उकालो लागेको सुनको भाउ आज सोमबार फेरि ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो। यो गिरावटसँग आज प्रतितोला फाइन गोल्ड ९० हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ८९ हजार ९५० रुपैयाँ कायम भएको छ।
हिजो आइतबार सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९० हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार १५० रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको भाउ भने आज सोमबार पनि उकालो लागेर तोलाको १ हजार ३१५ रुपैयाँ कायम भएको छ। हिजो आइतबार पनि तोलामा २० रुपैयाँ बढेर चाँदी १ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19