काठमाण्डौ । नेपाली बजारमा बुधबार सुनको भाउ फेरि ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामै १ हजार १०० रुपैयाँले घटेको हो। यो गिरावटसँग आज प्रतितोला फाइन गोल्ड ८९ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ८९ हजार ३५० रुपैयाँ कायम भएको छ।
लगातार घटिरहेको सुनको भाउ हिजो मंगलबार भने सामान्य बढेको थियो। हिजो तोलामा २०० रुपैयाँले बढेर प्रतितोला फाइन गोल्ड ९० हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
यो साता आइतबार र सोमबार सुनको भाउ तोलामा १००/१०० रुपैयाँले घटेको थियो।
यसैगरी आज चाँदीको भाउ पनि तोलामा २० रुपयाँ घटेर १ हजार ३४० रुपैयाँ कायम भएको छ। हिजो मंगलबार तोलामा २० बढेर चाँदी १ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो।
साताको पहिलो दिन आइतबार १५ रुपैयाँले उकालो लागेको चाँदीको भाउ सोमबार पनि तोलामा ५ रुपैयाँ बढेको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19