काठमाण्डौ । साताको पहिलो दिन आइतबार सुनको भाउ उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको हो। योसँगै आज प्रतितोला फाइन गोल्ड ८६ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ८६ हजार १५० रुपैयाँ कायम भएको छ।
गत शुक्रबार सुनको भाउ तोलामै ६०० रुपैयाँ घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ८६ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ८५ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार २७० रुपैयाँ कायम भएको छ। गत शुक्रबार पनि चाँदीको भाउ १ हजार २७० रुपैयाँ नै थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19