काठमाण्डौ । रुस–युक्रेन युद्ध चर्किएसँगै सुनको भाउमा उछाल आएको छ।
भूराजनीतिक तनावमा सुनलाई सुरक्षित लगानी मानिन्छ। यही कारण लगानीकर्ताहरु सुनतर्फ आकर्षित भएका छन्। जसका कारण माग बढ्दा सुनको भाउ बढ्न थालेको हो।
अन्तर्राष्टिय बजारमा प्रतिऔँ सुनको भाउ बढेर १९२६.१० डलर पुगेको छ। जुन १४ महिनायताकै उच्च हो।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको छ।
यो सातामात्रै सुनको भाउ तोलामा १ हजार ९०० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार नेपाली बजारमा सुनको भाउ बढेर प्रतितोला फाइन गोल्ड ९९ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ९९ हजार ४०० रुपैयाँ पुगेको छ। गत शुक्रबार प्रतितोला फाइन गोल्ड ९८ हजार रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
आज पनि सुनको भाउ तोलामा ९०० रुपैयाँले बढेको छ। हिजो तोलामा ५०० रुपैयाँले घटेर फाइन गोल्ड ९९ हजार रुपैयाँ र तेजाबी गोल्ड ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार ३८० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँ बढेर चाँदी १ हजार ३८० रुपैयाँमा किनबेच भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19