काठमाण्डौ । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको भाउमा उछाल आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एकैदिन २ हजार रुपैयाँले बढेको छ। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १ हजार ४०० रुपैयाँ पुगेको छ।
गत शुक्रबार पनि सुनको भाउ तोलामा ९०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९९ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँ बढेर १ हजार ४१५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार भाउ स्थिर रहँदै चाँदी १ हजार ३८० रुपैयाँमा किनबेच भएको थियो।
रुस–युक्रेन युद्ध चर्किएसँगै सुनको भाउमा उछाल आएको हो।
भूराजनीतिक तनावमा सुनलाई सुरक्षित लगानी मानिन्छ। यही कारण लगानीकर्ताहरु सुनतर्फ आकर्षित भएका छन्। जसका कारण माग बढ्दा सुनको भाउ बढ्न थालेको हो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19