काठमाण्डौ । नेपाली बजारमा सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला फाइन गोल्ड १ लाख ५ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ५ हजार रुपैयाँ पुगेको छ। यो हालसम्मकै उच्च मूल्य हो।
यसअघि गत वर्ष साउन २३ गते सुनको भाउ उच्च विन्दुमा पुगेको छ। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ३ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ३ हजार रुपैयाँ कायम भएको थियो।
आज सुनको भाउ एकैदिन तोलामा २ हजार ५०० रुपैयाँले बढेको छ।
हिजो भाउ स्थिर रहँदै प्रतितोला फाइन गोल्ड १ लाख ३ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको छ।
यसैगरी चाँदीको भाउले पनि नयाँ रेकर्ड बनाएको छ। आज तोलामै ४० रुपैयाँ बढेर चाँदी १ हजार ४५० रुपैयाँ कायम भएको छ। गत वर्ष साउन २७ गते चाँदी प्रतितोला १ हजार ४३५ रुपैयाँमा कारोबार भएको थियो।
रुस–युक्रेन युद्धका कारण सुन र तेलको भाउमा दैनिकजसो बढोत्तरी भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढ्दै गएकोले त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि परेको हो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19