काठमाण्डौ । साताको पहिलो दिन आइतबार सुनको भाउ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख २ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख २ हजार ३०० रुपैयाँ कायम भएको छ।
गत शुक्रबार पनि सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख २ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख २ हजार १०० रुपैयाँमा किनबेच भएको छ।
आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ बढेर १ हजार ४२५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १० रुपैयाँ बढेर चाँदी १ हजार ४१५ रुपैयाँमा किनबेच भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19