काठमाण्डौ । सुनको भाउमा लगातारको गिरावटमा बिहीबार ब्रेक लागेको छ। लगातार ३ दिन घटेको सुनको भाउ आज उकालो लागेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला फाइन गोल्ड ९८ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ९८ हजार ४०० रुपैयाँ कायम भएको छ।
हिजो बुधबार सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९८ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९८ हजार ३०० रुपैयाँमा कारोबार भएको छ।
चाँदीको भाउ भने आज पनि तोलामा १० रुपैयाँले घटेर १ हजार ३५० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँ घटेर चाँदी १ हजार ३६० रुपैयाँमा किनबेच भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19