काठमाण्डौ । साताको दोस्रो दिन सोमबार सुनको भाउमा सामान्य बढोत्तरी भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९८ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९८ हजार २०० रुपैयाँ कायम भएको छ।
हिजो आइतबार सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९८ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार २८५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार २८५ रुपैयाँमा किनबेच भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19