काठमाण्डौ । नेपाली बजारमा मंगलबार सुनको भाउ थोरै बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोल फाइन गोल्ड ९६ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार २०० रुपैयाँ कायम भएको छ।
गत आइतबार सुनको भाउ तोलामा १ हजार ३०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९६ हजार ५०० रुपैयाँ तेजाबी गोल्ड ९६ हजार रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको भाउ तोलामा २० रुपैयाँले १ हजार २६० रुपैयाँ कायम भएको छ। गत आइतबार तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार २४० रुपैयाँमा कारोबार भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19