काठमाण्डौ । नेपाली बजारमा शुक्रबार पनि सुनको भाउ ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९५ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९५ हजार रुपैयाँ झरेको छ।
हिजो बिहीबार पनि सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९५ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको थिया।
आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १ हजार १८५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार १९५ रुपैयाँमा किनबेच भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19