काठमाण्डौ । नेपाली बजारमा मंगलबार सुनको भाउमा नयाँ कीर्तिमान कायम भएको छ।
सुनको भाउ हालसम्मकै उच्च स्तरमा पुगेर नयाँ कीर्तिमान बनेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको छ। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ६ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ५ हजार ८०० रुपैयाँ कायम भएको छ। यो नेपाली बजारमा हालसम्मकै उच्च भाउ हो।
यसअघि गत वर्ष फागुन २५ गते सुनको भाउ हालसम्मकै उच्च स्तरमा पुगेको छ। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ५ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ५ हजार रुपैयाँमा कारोबार भएको थियो। यो कीर्तिमान आज तोडिएको छ।
हिजो सोमबार पनि सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ५ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेर १ हजार ३६५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ३८० रुपैयाँमा किनबेच भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19