काठमाण्डौ । नेपाली बजारमा बिहीबार सुनको भाउ फेरि नयाँ उचाइमा पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ७ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ७ हजार रुपैयाँ कायम भएको छ। यो भाउ नेपाली बजारमा हालसम्मकै उच्च हो।
यसअघि गत माघ १२ गते सुनको भाउले नयाँ उचाइ चुमेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ६ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
हिजो बुधबार भने सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ६ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार ३९५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँलेर चाँदी १ हजार ३७० रुपैयाँमा कारोबार भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19