काठमाण्डौ । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको भाउ सामान्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ८ हजार ७०० रुपैयाँ कायम भएको छ।
गत शुक्रबार सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ९ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ८ हजार ६०० रुपैयाँ कायम भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ४१५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा ५ रुपैयाँले घटेर १ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19