काठमाण्डौ । साताको अन्तिम शुक्रबार पनि सुनको भाउमा गिरावट आएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ८ हजार ७०० रुपैयाँ कायम भएको छ। 

हिजो बिहीबार पनि सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ९ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार २०० रुपैयाँमा किनबेच भएको थियो। 

आज पनि चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार ३७० रुपैयाँ नै कायम भएको छ। हिजो पनि भाउ स्थिर रहँदै चाँदी १ हजार ३७० रुपैयाँमै कारोबार भएको थियो।