काठमाण्डौ । नेपाली बजारमा बिहीबार सुनको भाउ फेरि नयाँ उचाइ चुमेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको छ।
सुनको आजको भाउ नेपाली बजारमा हालसम्मकै उच्च हो। यसअघि हिजो बुधबार सुनको भाउले नयाँ कीर्तिमान बनाएको थियो। यो दिन तोलामा १ हजार ५०० रुपैयाँले बढेर प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार रुपैयाा र तेजाबी गोल्ड १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर ४१० रुपैयाँ कायम भएको थियो। हिजो पनि तोलामा २० रुपैयाँले बढेर चाँदी १ हजार ३९५ रुपैयाँमा किनबेच भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19