काठमाण्डौ । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको भाउ स्थिर रहेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउमा कुनै फेरबदल नभएको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १० हजार ५५० रुपैयाँ कायम भएको छ। 

गत शुक्रबार पनि सुनको भाउ स्थिर रहेको थियो। यो दिन पनि प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १० हजार ५५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर १ हजार ४६५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ४५० रुपैयाँमा किनबेच भएको थियो।