काठमाण्डौ । नेपाली बजारमा सुनको भाउ ओरालो लाग्ने क्रमले आइतबार पनि निरन्तरता पाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको छ। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ८ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख ७ हजार ५०० रुपैयाँ कायम भएको छ।
गत शुक्रबार पनि सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ८ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ८ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले घटेर १ हजार ३६० रुपैयाँ कायम भएको छ। गत शुक्रबार भने तोलामा २५ रुपैयाँले बढेर चाँदी १ हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो।
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago