काठमाण्डौ । सुनको भाउमा लगातार आइरहेको गिरावटमा ब्रेक लागेको छ। सुनको भाउ लगातार ७ दिन घटेपछि आज बुधबार बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज भाउ तोलामा ३०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ६ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ६ हजार ४०० रुपैयाँ कायम भएको छ।
हिजो मंगलबार सुनको भाउ तोलामा १ हजार ३०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ६ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार ३१० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ३० रुपैयाँले घटेर चाँदी १ हजार ३१० रुपैयाँमा किनबेच भएको थियो।
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago